arrow

सिराहा १ मा कांग्रेसबाट उम्मेदवार सिफारिस, को हुन् समानुपातिकमा परेका परमेश्वर साह ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
parameshwor-sah-siraha-congress.jpg

सिराहा । अहिले धमाधम पार्टीका उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको छ । सोही क्रममा सिराहामा पनि उम्मेदवार सिफारिस भएको छ । नेपाली कांग्रेसले सिराहा क्षेत्र नम्बर १ प्रतिनिधि सभा प्रत्यक्षमा सुनिलकुमार महतो ,चित्रलेखा यादव र पदमनारायण चौधरीको नाम सिफारिस गरेको छ । 

समानुपातिकतर्फ सूर्यनारायण यादव, रामगणेश दास तथा महिलातर्फ उषा राउत र राजदा खातुनको नाम सिफारिस भएको छ । 

प्रदेश सभा क प्रत्यक्षतर्फ फुलेशवर महतो, अच्मितलाल चौधरी ,सन्तोष उपाधाय तथा समानुपातिकतर्फ परमेश्वर साह, हनिफ राइन तथा महिलामा शर्मिला पोख्रेल र रुबि प्रबिन सिफारिसमा परेका छन् । 

त्यस्तै प्रदेश शभा ख प्रत्यक्षतर्फ देवनाथ यादव, कन्हैया गुप्ता रहेका छन् भने समानुपातिकतर्फ जगरनाथ यादव र श्रीचन पासवान रहेका छन् । महिलातर्फ इन्दुकुमारी यादव रहेकी छिन् । 

को हुन् प्रदेश सभा क का समानुपातिकको सिफारिसमा परेका परमेश्वर साह ? 
साहको नेपाल विद्यार्थी संघको राजनीति क्याम्पसबाट भएको हो । उनी क्याम्पसको इकासँगै स्ववियू हुँदै जिल्लाको अध्यक्ष भए । उनले करिब नौ वर्ष जिल्ला सभापति चलाए । 

उनी नेबिसंघको १२ औं महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्विरोध निर्वाचित भए । नेपाली कांग्रेसको संगठनमा उनी निरन्तर लागिरहे । शाहीकालको कदमदेखि निरन्तर आन्दोलनमा लागिरहे । 

६२–६३ को आन्दोलन होस् या अन्य कुनै आन्दोलन हरेकमा उनको सक्रिय सहभागीता हुने गरेको थियो । त्यति मात्रै हैन धेरै पटक हिरासतमा पनि परे । 

समानुपातिकतर्फ सिफारिसमा परेसँगै उनले भने, ‘खुशी लागेको छ । अब अन्तिम सिफारिस पनि एक नम्बरमै हुन्छ भन्ने विश्वास छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ