arrow

सिट बाँडफाँट सम्भव छ, छैन भन्ने प्रश्न उठेको छ : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन् ।
 
उनले आगामी निर्वाचनमा गठबन्धनका दलहरू भित्र सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको जिकिर गरे । 

मंगलवार एक कार्यक्रममान उनले आगामी निर्वाचनमा हामीले सिट बाँडफाँडको विषयमा सम्भव बनाउने चाहिँ रहेको स्पष्ट पारे । 

नेपालले भने,' 'अहिले हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। तालमेल गर्दै जाने क्रममा नै हामी सिट बाँडफाँट गर्न चाहिरहेका छौँ । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारेमा पनि प्रश्न उठेको छ । हामीले सम्भव बनाउन चाहिरहेका छौं ।”

नेता नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पार्टीका नेता–कार्यकताहरुलाई परिचालनमा जुट्न आह्वान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ