arrow

हिन्दू सङ्गठनको विरोधपछि आलिया- रणवीर मन्दिर गएनन्, ११ वर्ष पुरानो गाईको मासुलाई लिएर विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
alia-bhatt-talks-about-her-wedding-plans-with-ranbir-kapoor.jpg

काठमाडौं । बलिउड दम्पती आलिया भट्ट र रणवीर कपुर हिन्दू सङ्गठनको विरोधपछि मन्दिर नपुगी फर्किएका छन् । मङ्गलवार साँझ उज्जैनमा रहेको महाकाल दर्शन गर्न चाहे पनि हिन्दू सङ्गठनको विरोधपछि उनीहरू फर्किएका हुन् ।

रणवीर, आलिया र निर्देशक अयान मुखर्जी आफ्नो फिल्म ब्रह्मास्त्रका लागि महाकालको आशीर्वाद लिन उज्जैन पुगेका थिए । तर मन्दिरमा विरोध र कोलाहलको खबर पाएपछि उनीहरू फर्काएका हुन् । 

रणवीर–आलिया आएको खबर पाए लगत्तै हिन्दू सङ्गठनका कार्यकर्ताहरू कालो झण्डा देखाउने मनसायले मन्दिर बाहिर जम्मा भएका थिए । तर, प्रहरीले हल्का बल प्रयोग गरेर उनीहरूलाई भगाएको थियो । 

ब्रह्मास्त्र रिलिज हुनु अघि रणवीरको एक पुरानो भिडियो भाइरल भएको छ ।  जसमा उनले आफूलाई गाईको मासु खान मनपराउने गरेको बताएका छन्। यद्यपि रणवीरले यो अन्तर्वार्ता ११ वर्षअघि अर्थात २०११ मा दिएका थिए । 

जसमा उनले भनेका छन्, ‘मलाई मटन, पाय, बीफ, रेड मिट' मन पर्छ । मलाई गाईको मासु खान मन पर्छ । यद्यपि यो भिडियो सम्पादन गरिएको दाबी पनि भइरहेको छ ।

गाईको मासु खानेलाई मन्दिरमा कसरी प्रवेश दिइन्छ भन्ने जवाफ प्रशासनले दिनुपर्ने बजरङ्ग दलका कार्यकर्ताहरूको भनाइ थियो ।

यद्धपी फिल्म निर्देशक मुखर्जीले मन्दिरको गर्भ गृहमा पुगेर दर्शन र पूजा गरेका थिए । हिन्दू सङ्गठनले अयानलाई कालो झण्डा देखाएका छन् ।



नयाँ