arrow

सभामुख सापकोटाले बोलाए चिनियाँ नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
agni-prasad-sapkota-speaker-parliament-2079.jpg

काठमाडौँ। अहिले भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल भ्रमणका रहेका छन्। उनी पाँच दिने भ्रमणका लागि नेपाल आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार उनलाई मानार्थ महारथीको सम्मान प्रदान गरेपछि औपचारिक भेटवार्ताहरूलाई अघि बढाउँदै छन्।

भारतीय सेना प्रमुखले नेपालमा रहँदा द्विपक्षीय सैन्य सहकार्य र सुरक्षाका विषयमा छलफल गर्नेछन्। उनले नेपालमा रहँदा प्रधानमन्त्री, परराष्ट्र मन्त्री, प्रधानसेनापति लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। २३ भदौमा स्वदेश फर्किने छन्।

भारतसँग भएको छलफल र सहमतिहरूबारे रिपोर्टिङ गर्न माओवादी नेतासमेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ नेतालाई नेपाल आमन्त्रण गरेका छन्।

चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५ तारिखसम्म नेपाल भ्रमण गर्न लागेका हुन्।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ सभामुख सापकोटाले अध्यक्ष ली र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोज आयोजना गर्ने छन्।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेप्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेप्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्ने छन्। त्यसै दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन्।

लीले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ताको कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ