arrow

जबरजस्ती करणी आरोपी सन्दीपको टी–२० वरीयता पनि खस्कियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
sandeep-lamichhane2.jpg

काठमाडौं । १७ वर्षे नाबालिगलाई जबरजस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको आईसीसी टी–२० वरीयता पनि खस्केको छ । वेस्ट इन्डिजमा क्यारेबियन लिग खेलिरहेका सन्दीपविरुद्ध नावालिगमाथि जबरजस्ती करणीको आरोप छ । 

उनीमाथि उजुरी परेको छ । यसै समयमा उनको बलिङ वरीयता पनि घटेको हो । सन्दीपको बलिङ दुई स्थान घटुवा हुँदै ६० औं स्थानमा झरेको छ । 

यता दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्ड वरीयतामा यथावत रहेको छ । दीपेन्द्र नवौं स्थानमा यथावत रहेका हुन् । ब्याट्सम्यान कुशल भुर्तेल ब्याटिङ वरीयतामा १ स्थान तल झर्दै ५३ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै दीपेन्द्र १ स्थान तल झरेर ५८ औं स्थानमा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ