arrow

पाँचथरबाट माओवादी केन्द्रले छान्यो उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
Maoist-750-1-750.jpg

फिदिम।  नेकपा माओवादी केन्द्रको पाँचथर जिल्ला समितिले हर्कबहादुर नेम्वाङ (मिक्सो) लाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ। समितिले  नेम्वाङ (मिक्सो) लाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ। 

नेम्वाङ माओवादी केन्द्रका एक नम्बर प्रदेश समितिका अध्यक्ष हुन्। प्रतिनिधि सभामा समानुपातिकतर्फ नरबहादुर दुलालको नाम सर्वसम्मत चयन गरिएको छ ।

प्रदेशसभा (क) बाट मिक्सोसहित सीता थेवे र लालबहादुर गुरुङको नाम सिफारिस भएको छ। यस्तै प्रदेश सभा (ख) बाट एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र संखधोज नेम्बाङको नाम सिफारिस गरेको छ।

यस्तै प्रदेश सभाका लागि समानुपातिकतर्फ जुनु लावती, होमबहादुर जवेगु, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनी खत्रीको नाम सिफारिस भएको छ। पाँचथरमा सत्तारुढ दलबीच गठबन्धन हुने लगभग निश्चित छ। 

जस अनुसार प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस र पाँचथर प्रदेश सभा (ख) मा माओवादी केन्द्रले उम्मेद्वारी दिने तयारी छ।

 प्रदेश सभा (क) मा भने कांग्रेस वा नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा पर्ने टुंगो लागेको छैन। यसअघि कांग्रेस र एमालेले प्रतिनिधि र प्रदेश सभातर्फ चुनाव लड्ने नेताको नाम सिफारिस गरिसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ