arrow

शुभबेला दुई पटक भएको यस्तो हुनेछ आजको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ भदौ २३ गते बुधबार, इस्वीसंवत सेप्टेम्बर ८ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपद शुक्लपक्षको द्वादशी तिथि रहनेछ । आज नक्षत्रमा श्रवण, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा कौलव, आनन्दादि योगमा ध्वज रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३१ घटि १३ पला अर्थात् १२ घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४६ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ६ः१५ बजे हुनेछ । आज राष्ट्रिय शिक्षा दिवस ।

आजको राशिफल :

मेष : आज स्वास्थ्यको हिसाबले खराब रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यस कारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अङ्ग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ ।

वृष : आज आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्त्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मिथुन : आज आशा नै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमिन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ठ मित्रसँगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ । यात्रा भने सावधान भएर गर्नु अत्यन्तै राम्रो हुनेछ ।

कर्कट : आज लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

सिंह : आज पनि समय ज्यादै फाइदाको रहेको छ । त्यस कारण काम गर्दा धेरै महत्त्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।

कन्या : आज आँखामा एक्कासी समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिँड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसँगको भेटघाट समेत विफल हुने देखिएको छ ।

तुला : आज जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ती व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । समग्रमा भन्नुपर्दा आज समय शुभ रहेको छैन । प्रत्येक काममा व्यर्थैमा लगानी गर्नुभन्दा गरिरहेको पेशालाई यथावत् नै रहन दिनु उचित हुनेछ ।

वृश्चिक : आज आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । समय शुभ रहेकाले समयको महत्त्व बुझेर अघि बढेमा लाभ मिल्नेछ । यात्रा पनि शुभ रहनेछ ।

धनु : आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यस कारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यस कारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन ।

मकर : आज सबै प्रकारले शुभ रहेको छ । पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरू काम तपाईँले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नेछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसँगको भेटघाट पनि सुखद हुन सक्ने देखिन्छ ।

कुम्भ : आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायु रोगले सताउने, खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रूपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिँदैन । समय खराब छ, आज उत्तर दिशाको यात्रा ठिक छैन ।

मीन : आज स्वास्थ्य ठिकठाक रहनेछ । गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रूपमा केही नहुनुभन्दा राम्रै हुनेछ । तपाईँ महिला पुरुष जो भए पनि आज नराम्रो आरोप लाग्न सक्छ । त्यस कारण जो कसैसँग लेनदेन कारोबार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलब्धि देखिँदैन ।


साइत :
आजको शुभ लाभादि बेला बिहान ०५ः४४ बजेदेखि ०७ः१८ बजेसम्म शुभ बेला बिहान ०७ः१८ बजेदेखि ०८ः५३ बजेसम्म रोग बेला बिहान ०८ः५३ बजेदेखि १०ः२७ बजेसम्म उद्वेग बेला बिहान १०ः२७ बजेदेखि १२ः०२ बजेसम्म चर बेला दिनमा १२ः०२ बजेदेखि १ः३६ बजेसम्म लाभ बेला दिनमा १ः३६ बजेदेखि ३ः११ बजेसम्म अमृत बेला दिनमा ३ः११ बजेदेखि ४ः४५ बजेसम्म काल बेला साँझ ४ः४५ बजेदेखि ६ः२० बजेसम्म शुभ बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ