arrow

आशाको जन्मदिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
aasha.jpg

काठमाडौं ।  सुमधुर स्वरकी धनी आशा भोसलेले आइतबार ८९ औं जन्मदिन मनाउदै छिन्। उनले आफ्नो आवाजले लाखौंको मन जित्न सफल भएकी छन् । आशाले अहिलेसम्म हजार भन्दा बढी फिल्मको गीत गाइसकेकी छन। उनले २० भाषाहरूमा १४०००  गीतमा आफ्नो आवाज दिएकी छन्। आशा भोसले १० बर्षको उमेरदेखि नै गाउन थालेकी हुन् । आशाका बुबा दीनानाथ मंगेशकर एक प्रसिद्ध थिएटर अभिनेता र शास्त्रीय गायक थिए। जब आशा १० बर्षकी थिइन् , उनको बुबाको मृत्यु भयो। यसै कारण उनले आफ्नो जेठी दिदि सवर्गीय लता मंगेशकरसँग मिलेर गीत गाउने र अभिनय गर्न थालिन्।

दुबै दिदीबहिनी मिलेर परिवारको हेरचाह गर्थे। १९४३ मा आशाले  मराठी फिल्म 'माझा बाल' मा पहिलो पटक 'चला चला नव बला' गाएकी थिइन् । १९४८ मा हिन्दी चलचित्र हंसराज बहलको फिल्म 'चुनरिया' मा पहिलो गीत 'सावन आया' गाइन् । प्रख्यात गायकको छोरी भए पनि आशालाई आफ्नो क्यारियरको शुरुवातमा धेरै संघर्ष गर्नुपर्‍यो। त्यस समयमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकरको नाम धेरै चलेको थियो। जब ती तीनै जनाले एउटा गीत छोडे भने त्यो गीत आशा भोसलेलाई दिइन्थ्यो । यसै कारण आशाले ५० को दशकमा  वेम्पस, व्याड गर्ल जस्ता दोस्रो दर्जाको फिल्महरूमा धेरैजसो गीतहरू गाएकी छन्।

आशाको व्यक्तिगत जीवनमा पनि धेरै आँधीबेहरी देखा परेका छन् । १६ वर्षको उमेरमा उनी लता मंगेशकरको ३१ वर्षीय निजी सचिव गणपत राव भोसलेसँग प्रेममा परिन् । उनले परिवारका सदस्यहरूले सम्झाउदा सम्झाउदै गणपत रावसँग बिहे गरिन्। यस कारण, उनले आफ्नो घर पनि छोड्नु परेको थियो। विवाहको केही दिन राम्रो भयो तर गणपत र उनका भाइले आशालाई कुटपिट गर्न थाले। गणपतको परिवारले आशालाई उनको परिवारको कुनै पनि सदस्यलाई भेट्न दिदैन थिए । उनले लता दीदीलाई धेरै चोटि भेट्ने कोशिस गरिन् तर सफल भइनन् । जब यो सबै उनको सहनशीलता बाहिर भने तब १९६० मा उनी दुई बच्चाहरुसंग आमाको घरमा आईन्। त्यस समयमा पनि आशा गर्भवती थिइन्। आशाको जेठो छोरोको नाम हेमन्त थियो जसको मृत्यु भइसकेको  छ। भोसलेकी छोरी वर्षाले अक्टूबर २०१२ मा आत्महत्या गरिन् । आशाको कान्छो छोरा आनंद भोसले अहिले उनीको हेरचाह गरिरहेका छन् ।

आमाको घर आएपछि आशाले फेरि गीत गाउन थालिन् । यस क्रममा उनको भेट राहुल देव बर्मन अर्थात् आरडी बर्मनलाई भयो । दुवैले सँगै धेरै गीतहरू गाए। यसपछि उनीहरू दुबैको १९८० मा विवाह भयो। आरडी बर्मन आशा भन्दा ६ बर्ष कान्छा थिए। दुबैले  सम्बन्धबिचेदपछि विवाह गरेका थिए । विवाह सफल भयो  आरडी बर्मनले आशालाई उनको अन्तिम साससम्म साथ दिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ