arrow

कागजपत्र बिनै सवारी चलाउने विद्यार्थी कारबाहीमा, ट्राफिकको पञ्जामा परे १२ सय ४१ जना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
traffic-signal.jpg

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट शुरू भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । 

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहानमात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङ्गमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तीव्र गतिमा  जगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरी ३९ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ