arrow

सांसद दिव्यमणी राजभण्डारीले फिर्ता गरे कुटनीतिक राहदानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
divyamani-rajbhandari-rato-passport.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले सांसदको सुविधा सुविधाबाट प्राप्त कुटनीतिक राहदानी फिर्ता गरेका छन् । प्रतिनिधि सभाका समानुपातिक सांसद राजभण्डारीले आफ्नो कार्यकाल अन्तिम समयमा रहेको भन्दै सांसदको हैसियतले पाएको कुटनीतिक राहदानी फिर्ता गरेका हुन् । 

उनले बिहीबार परराष्ट्र मन्त्रालयमा गएर सुविधाप्राप्त कुटनीतिक राहदानी फिर्ता गरेका हुन् । उनी प्रतिनिधि सभाका सबैभन्दा सक्रियमध्येका एक सांसद मानिन्छन् । उनी पाँच वर्षको अवधिमा बसेका संसद बैठकमा मात्र आठ पटक अनुपस्थित भएका छन् । 

त्यसैगरी उनले आफू जोडिएको समितिमा सक्रिय सहभागीता जनाउनुका साथै जोडतोडले प्रतिनिधि सभा बैठकको रोष्ट्रम र फोरम जनचासोका विषयमा उठाउँदै आएका छन् । 

यसअघि बुधबार उनले संसदमा भावुक संवोधन गरेका थिए ।

यो पनि पढौं,  संसदमा सबैभन्दा सक्रियमध्येका दिव्यमणीकाे भावुक मन्तव्य

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ