arrow

क्षेत्रीय कार्यसमितिले छुटाएको अमरेशको नाम प्रदेश कार्यसमितिले राख्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
amresh-kumar-singh.jpg.jpeg

सर्लाही । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले सर्लाहीको क्षेत्र नं ४ बाट वर्तमान सांसद डा. अमरेशकुमार सिंहको नाम पनि सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो । 

जिल्ला कार्य समितिले पनि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको नामलाई नै प्रदेश कार्य समितिमा सिफारिस गरेर पठाएको थियो । तर प्रदेश कार्य समितिले भने सांसद सिंहको नाम पनि सिफारिस गरेको हो । 

सिंहले आफू पनि आकाक्षी हुँदाहुँदै क्षेत्रीय कार्य समितिले आफूलाई निषेध गरी नाम नै सिफारिस गरेको भन्दै प्रदेश समितिमा निवेदन दिएका थिए । 

कांग्रेस मधेश प्रदेश प्रदेश कार्य समितिका सदस्य एवं प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले प्रदेश कार्यसमितिले डा सिंहको नाम सिफारिस गरेको पुष्टि गरे । 

कांग्रेस नेता डा. सिंह २०७० र २०७४ मा लगातार दुईपटक सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ