arrow
ADVERTISEMENT

गणेश विसर्जनका क्रममा १५ जनाको डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
hariyana-drown.jpeg

सोनीपत । भारतमा गणेश विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ । हरियाणा र यूपीका पाँच ठाउँमा १५ जनाको मृत्यु भएको हो । हरियाणाको मेहन्द्रगढमा झगडोंली नहरमा गणेशको प्रतिमासँगै आठ जना बगेका हुन् । जसमा चार जनाको मृत्यु भएको छ । 

त्यस्तै सोनीपतमा यमुना नदीमा २ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । हरियाणाको महेन्द्रगढमा उद्दारकार्य जारी रहेको छ । 

त्यस्तै उत्तर प्रदेशको अलग–अलग ठाउँमा ८ जनाको मृत्यु भएकोछ । सन्त कबीर नगरमा ४ बालबालिका डुकेका छन् । चारै जना भाइ–बहिनी थिए । 

ललितपुर र अन्नावमा २–२ जनाको गणेश प्रतिमा विसर्जनका क्रममा डुबेर मृत्यु भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ