arrow

मोटरसाइकल पड्काउँदै कुद्नेको साइलेन्सर निकाल्दै प्रहरी

हेटौंडामा एक महिनामा २४ लाख बढी राजस्व सङ्कलन

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ भदौ २७ सोमबार
hp-raficcjpgq8cokt2yu.jpg

हेटौंडा । प्रहरीले हेटौंडा बजारमा ठूलो आवाजमा मोटरसाइकल पड्काएर कुद्नेलाईसमेत कारबाही थालेको छ । मोटरसाइकलको साइलेन्सर बिगारेर ठूलो आवाज निकाल्ने २ सय भन्दा बढी मोटरसाइकलको प्रहरीले साइलेन्सर निकालेर जरिवाना तिर्दै पठाउने गरेको छ । 

मोटरसाइकलको साइलेन्सर बिगारेर ठूलो आवाज निकाल्ने २ सय भन्दा बढी मोटरसाइकलको प्रहरीले साइलेन्सर निकालेर जरिवाना तिराएर पठाएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेंद्र थापाले जानकारी दिए ।

 'वृद्ध र बालबालिकाको सातो जाने गरी पड्काएर कुदाउनेको साइलेन्सर निकाल्दै जरिवाना तिराएर अर्को हाल्न लगाएर पठाउने गरेका छौं, अहिले निकै कम भएको छ', प्रहरी निरीक्षक थापाले भने ।

त्यस्तै जिल्ला ट्राफिक कार्यालय मकवानपुरले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरे बापत एक महिनामा २४ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ ।

विशेष गरी हेटौंडामा सञ्चालन हुने र राजमार्ग आसपासबाट आर्थिक वर्ष २०७९/८० को साउन एक महिनामा २४ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक मकवानपुरले जनाएको छ ।

प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने ट्रक,टिपर र ट्याक्टर ७६४ वटाबाट ६ लाख ९१ हजार, ४७८ वटा बसबाट ३ लाख ५६ हजार, ६४२ वटा जिप,कारबाट ४ लाख ३३ हजार ५००, ७ सय ८० मोटरसाइकलबाट ५ लाख २२ हजार र टेम्पो तथा अटो रिक्सा ४९५ वटाबाट ३ लाख ३२ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

ट्राफिक प्रहरी मकवानपुरले गत वर्ष ३० हजार ३२७ सवारीलाई कारबाही गरी २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष ०७७/०७८ मा २९ हजारलाई कारबाही गर्दा २ करोड ४५ लाख राजस्व उठाएको थियो ।

हाल प्रदेश राजधानीसमेत रहेको हेटौंडामा ३ पाङ्ग्रे अटो तथा ई-रिक्सालाई व्यवस्थित गर्न स्टिकर टास गरी अनधिकृत रूपमा गुड्ने सवारीलाई कारबाही गर्ने अभियान नै चलाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ