arrow

साप्ताहिक राशिफलः यस्तो हुनेछ पितृ पक्षको यो साता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : सोह्रश्राद्ध शुरु २६ गते आइतबार प्रतिपदा श्राद्ध, द्वितीयाश्राद्ध २७ गते सोमबार तृतीया श्राद्ध २८ गते मंगलबार चतुर्थी श्राद्ध २९ गते बुधबार पञ्चमी श्राद्ध ३० गते बिहीबार षष्ठी श्राद्ध ३१ गते शुक्रवार सप्तमी श्राद्ध १ असोज शनिबार अष्टमी श्राद्ध २ असोज आइतबार नवमी श्राद्ध

साप्ताहिक राशिफल :

मेष : मेष राशिका लागि भदौ अन्तिम साता रोग एवं भयको डर हुनेछ । मानसिक एवं शारीरिक कष्ट, मानसिक अशान्ति, कार्यमा निष्फलता, धन अन्न, वस्त्र प्राप्त, मित्रजनबाट धोखा, नोकरीमा सम्मान धनबृद्धि, नोकरी तथा पेसा व्यवसायमा हानी, पारिवारिक कलह, प्रेममा अवरोधका साथै दुःख कष्ट आई पर्नेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । खर्च बढ्ने देखिन्छ ।मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । यो सातामा अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : वृष राशिका लागि भदौ अन्तिम साता मानसिक तथा शारीरिक व्यथा, आर्थिक लाभ, कुलकुटुम्बको साथ सहयोग प्राप्त, ज्वरोको सम्भावना, आकस्मिक झगडा, सन्तान सुख, विश्वास पात्रबाट धोखा, प्रेममा सफलता, रोग, दुःख दरिद्रता, शत्रुवृद्धि, विरोधी पक्षबाट धनहानी, विरोधी पक्ष्य परास्त हुनेछन् । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : मिथुन राशिका लागि भाद्र अन्तिम साता रोगबाट मुक्त, सुख आनन्द, मित्र जनबाट साथ सहयोग प्राप्त, कार्यमा सिद्धिका साथै कार्य सफलता, वैदेशिक यात्राको कारण धन हानी, घरगृहस्थी मातृ सुख प्राप्त, धार्मिक यात्रा प्राप्त, रोजगारमा गडबढी, विरोधीपक्ष वृद्धि, नोकरी तथा पेसा व्यवसायमा बिघ्नबाधा आइपर्ने, सन्तान पिडाका अध्ययनमा अवरोध हुनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र बिहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । मिथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : कर्कट राशिका लागि भाद्र अन्तिम साता खराब व्यक्तिको सङ्गतले मानहानि, मानसिक पीडा, कृषि तथा व्यापार व्यवसाय गर्नेहरूका लागि हानी नोक्सानी, वैदेशिक यात्रा, राज्यबाट हानी नोक्सानी, कार्यमा सफलता प्राप्त हुनेछ । विद्यार्थीवर्गमा अध्ययनमा शुभ, कुलकुटुम्बको कारण आर्थिक हानी, धार्मिक यात्रा, सन्तान सुख, आर्थिक श्रोतहरू प्राप्त, नोकरी व्यवसायमा बिघ्नवाधा, राज्यपक्ष्यबाट अपमान, टाढाको यात्रा प्राप्त हुनेछ । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिँदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ने, व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : सिंह राशिका लागि भदौ अन्तिम साता शरीर पिडा, मानसिक व्यथा, रोग, मनमा चिन्ता, मानसिक उदास, रोजगार पेसा व्यवसायमा विघ्नबाधा, धन एवं विविध रत्न प्राप्त, सरकारी पक्ष्यबाट भय उत्पन्नका साथै विविध समस्या झेल्नु पर्ने, अग्निबाट समेत भय, खराब काममा मन लाग्ने, कृषिजन्य बस्तुबाट लाभ, कुलकुटुम्बबाट साथ सहयोग प्राप्त, खराब काममा मन लाग्नेछ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । सिंह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : कन्या राशिका लागि भाद्र अन्तिम साता जन्म स्थानदेखि टाढा जानु पर्नेछ, धन, वाहन सुखका साथै प्रेममा सफलता, अनादरका साथै शरीरमा पीडा, कुटुम्बसँग विरोध, झैँ–झगडा बढ्ने, मनमा अशान्ति, विरोधी पक्षहरु वृद्धि, कुलकुटुम्बबाट असुविधाका साथै विदेश यात्राको अवसर प्राप्त, चोरबाट भय, कार्यमा बाधा, सन्तान सुख, नोकरीमा लाभ, धन अन्नबाट लाल, शारीरिक पीडा हुनेछ । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्न सक्नेछ । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबढी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिँदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : तुला राशिका लागि भाद्र अन्तिम साता आर्थिक लाभ, धनबृद्धि, स्वास्थ्यमा सुधार, मानसिक असन्तोष बढ्ने, नेत्र रोगले सताउने, रोग ऋण बढ्नुका साथै मान हानी, झगडा अपमान, राज्यपक्षबाट भय साथै विविध झन्झट बेहोर्नु पर्ने, आर्थिक पक्ष्यमा सञ्चित धनबृद्धि, स्थान परिवर्तनका साथै छोटो दुरीको यात्रा प्राप्त, खराब कर्मबाट आर्थिक लाभ हुने देखिन्छ । बिहीबार र शुक्रबार दुई दिन तपाइँका लागि त्यति साम्रो समय देखिँदैन । काममा व्यवधान आउँदा, मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबढी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : वृश्चिक राशिका लागि भाद्र अन्तिम साता धन, स्वास्थ्य, मित्र, कुलकुटुम्बका साथै राज्यपक्षबाट समेत लाभ, उत्तम वस्त्र प्राप्त, रोगबाट मुक्ति, प्रेम तथा दाम्पत्य जीवनमा खटपट, भाइसँग मनमुटाब बढ्ने, स्वास्थ्यमा सुधार, धन, यश, धन लाभ, कुटुम्बबाट साथ सहयोग प्राप्त, विद्यार्थीवर्गमा अध्ययनमा सफलता, दाम्पत्य जीवनमा पार्टनरमा स्वास्थ्यमा खराबका साथै मानसिक पीडा, आरोग्यता, कार्यमा सफलता, विरोधीक्ष पराजित हुनेछन् । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै हुनेछ । उपहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : धनु राशिका लागि भाद्र अन्तिम साता आयमा कमी, मानसिक अशान्ति, शारीरिक व्यथा, कुटुम्बबाट असहयोग, विरोधीपक्ष पराजित, शुभ कार्यमा मन लाग्ने, पद प्राप्त, मनमा अशान्ति बढ्ने, कुलकुटुम्बबाट झगडा, बिध्नबाधा उत्पन्न हुने, इच्छाएको काम पुरा हुने, वस्त्र सम्बन्धी कार्यबाट लाभ हुने, कुलकुटुम्बबाट कलह बढ्ने, मानसिक शोक बढ्नेछ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहनेछन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : मकर राशिका लागि भाद्र अन्तिम साता खराब काममा मन लाग्ने, शत्रु भय, राज्यपक्षबाट भय बढ्ने, लाभ, सुख प्राप्त, रोग बढ्ने, खराब कर्मबाट धन लाभ, विरोधीपक्षबाट पिडा बेहोर्नु पर्ने, सम्पूर्ण कार्यमा विघ्नबाधा उत्पन्न हुने, धार्मिक कार्यमा सरिक, बिध्न, कुटुम्बबाट विद्रोह, रोजगार झन्झट, महिला जनबाट मनमुटाब, बुद्धि भ्रष्ट, मानसिक तथा शारीरिक पीडा बेहोर्न पर्ने, वैदेशिक यात्रा प्राप्त हुनेछ । राज्यपक्ष्यबाट खर्च बढ्ने देखिन्छ । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योगछ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो हुनेछ । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : कुम्भ राशिका लागि भदौ भाद्र महिनाको अन्तिम साता कुलकुटुम्ब तथा मित्रजन सित मतभेद बढ्ने, सन्तान तथा दाम्पत्य जीवनमा रोग उत्पन्न, कार्यमा सफलता प्राप्त, विरोधीपक्षहरु वृद्धि, मानसिकत तनावका साथै ज्वरो उत्पन्न, पित्त सम्बन्धी समस्याले सताउने, सुख प्राप्त, उन्नति, गुप्ताङ्ग सम्बन्धी रोगले सताउने, झगडा, दरिद्रताका साथै टाढाको यात्रा प्राप्त हुनेछ । मावलीपक्ष्यबाट नोक्सान बेहोर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । तीर्थब्रतमा समय जानेछ । खर्च बढेर जानेछ । पठनपाठनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : मीन राशिका भाद्र महिनाको अन्तिम साता कार्यमा सिद्धि, सबै प्रकारका आनन्द प्राप्त, राज्यपक्ष्यबाट विविध किसिमका भयत्राय बढ्ने, भूमि, वस्त्र सम्बन्धी कार्यबाट लाभ, विरोधीपक्ष पराजित हुनेछन् । कुटुम्बका साथै मित्रजनसँग वैरभाव बढ्ने, मानसिक तनाव, सरकारपक्षबाट हानी, रोजगारीमा झगडा, विरोधीपक्ष वृद्धि, सन्तानबाट मनमुटाब बढ्ने, खराब कर्मबाट धन प्राप्ति, रोगबाट मुक्ति, सन्तान सुख प्राप्त हुनेछ । धार्मिक शास्त्रतिर रुची बढ्ने देखिन्छ । अरूलाई धनदिँदा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ