arrow

नबिल बैङ्कले गर्‍यो एकै दिन ८ नयाँ शाखाहरूको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
nabil-branch-opening.jpg

काठमाडौँ। नबिल बैङ्कले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ। बैङ्कले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। 

उपत्यका भित्रका शाखाहरूमा संयुक्त रूपमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैङ्कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले, साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैङ्कका सञ्चालक अनन्त पौड्याल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले,  मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले,  मुलपानी शाखा तथा काठमाडौँ महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डङ्गोल र बैङ्कका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितले संयुक्त रूपमा भगवान् पाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए।

त्यस्तै गरी उपत्यका बाहिरका शाखाहरूमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितिमा तीन शाखाहरू मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिवार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए। त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैङ्कका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रूपमा भण्डारा शाखा उद्घाटन गरेका थिए।

बैङ्कले आफ्नो दीर्घकालीन रणनीति अनुरूप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिति गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। विभिन्न क्षेत्रका प्रमुख अतिथिहरूले कार्यक्रममा बोल्दै नबिल बैङ्कको शाखा विस्तार सँगै स्थानीय जनताहरूले बैङ्कका विभिन्न सेवा सुविधाहरू बिना झन्झट पाउने वातावरण बनाउन अनुरोधका साथै स्वागत गरेका थिए। बैङ्कका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेका थिए।

बैङ्कले कार्यक्रमका अतिथिहरू, बैङ्क सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू एवं बैङ्कका उच्च पदस्थ अधिकारीहरू तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो। उद्घाटन गरिएका शाखा कार्यालयहरू देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैङ्किङ सुविधा लिन सकिने बैङ्कले जनाएको छ।

आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ। नबिल बैङ्क आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध छ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैङ्कको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्नेछ। मुलुककै अग्रणी बैङ्कमध्येको एक नबिल बैङ्कले समाज र विभिन्न वर्गका बैङ्किङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ।

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैङ्क नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैङ्किङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ