arrow

वाइसीएलद्वारा दार्चुलाका बाढी पहिरो पीडितका लागि राहत सामग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
darchula-ycl.jpg

दार्चुला । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) ले दार्चुलाका बाढी पहिरो पीडितका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । 

वाइसीएलका केन्द्रीय सचिव शिव बोगटीले बाढी पहिरो पीडित परिवारका लागि राहत सामग्री र नगद रु एक लाखको चेक हस्तान्तरण गरिएको बताए ।

 सोमवार जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलालाई राहत सामग्री र नगद चेक हस्तान्तरण गरिएको हो । 

बोगटीका अनुसार कम्बल १०० थान, टेन्ट सिट १६ थान, पिफर्म कार्पेट १ बन्डल, बाल्टिन २० थानका साथै नगद रु १ लाखको चेक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई हस्तान्तरण गरिएको छ । उक्त रकमसहित सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले पीडित परिवारलाई वितरण गर्नेछ ।

 राहत वितरणका लागि वाइसीएलका केन्द्रीय सचिव शिव बोगटी, केन्द्रीय सदस्य डबल खाती, बसन्त सिंह कार्की लगायत विभिन्न जिल्लाका जिल्ला कमिटी पदाधिकारी दार्चुला पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ