arrow

अढाई महिना कार्यकाल बाँकी रहेका मुख्यमन्त्रीको हटियामा 'सिंहदरबार' बनाउने योजना

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ भदौ २८ मंगलबार
mukhyantri-hk.jpg

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ को हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु र संसद भवनसमेत निर्माण गर्ने गरी तयारी थालिएको बताएका छन्  । 

मंगलबार हेटौंडामा पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘हटियामा ५५ बिगाहा क्षेत्रफल सरकारी जमीन छ । त्यही जग्गामा प्रदेशको सिंहदरबार बनाउने तयारी थाल्दैछौं ।’

एकै ठाउँमा बागमती प्रदेशका मन्त्रालय र संसद भवन पनि निर्माण गर्ने तयारीका साथ काम अगाडि बढेको उनले बताए । ठुलो क्षेत्रफल भएकाले जनपथ प्रहरीका कार्यालय, ससस्त्र प्रहरी र अरु कार्यालयहरु पनि निर्माण गर्न सहज हुने भएकाले यो जग्गा प्राप्तिका लागि संघीय सरकारसँग पहलको काम भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ  ।

चालु आर्थिक वर्षको बजेटमा एक अर्ब ५ करोड रुपैयाँ प्रदेशका मन्त्रालयहरु निर्माण गर्नका लागि छुट्याइएको र अब डिपिआर र निर्माणको काम समेत गर्नेगरी एकै पटक ठेक्काको तयारीमा  रहेको उनले बताए  ।

उनका अनुसार हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरु, प्रदेशसभा भवन, प्रदेश लोक सेवा आयोग, सांसददेखि मन्त्रीका निवसा, विभागहरू, प्रहरी बिटसहितको संरचना निर्माण हुनेछन्।

बागमतीमा सरकार गठन भएको ४ वर्षपछि ११ फागुन ०७८ मा प्रदेश सरकारले हेटौँडाको ८ ठाउँमा जग्गा पहिचान गरी प्रादेशिक संरचना निर्माण गर्न स्वीकृतिका लागि संघीय सरकारसमक्ष सिफारिश गरेको थियो। ११ कात्तिक ०७८ मा बागमतीमा पाण्डे नेतृत्वको सरकार गठन भएपछि प्रशासनिक भवन जग्गा पहिचान समिति बनाएर प्रादेशिक संरचना बनाउन नयाँ जग्गा खोजी गरिएको थियो। उक्त समितिले ८ वटा जग्गामा संरचना बनाउन कूल १ सय ९५ दशमलव २७ बिघा जग्गा पहिचान गरेर सरकारलाई प्रस्ताव गरेको हो।

यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–२ स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डीपीआर निर्माण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ