arrow

हेटौंडाको सडक १६–१६ मिटर भत्काउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ भदौ २८ मंगलबार
sadak-bistar-hetauda-hk.jpg

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजार क्षेत्रको राजमार्ग हटाउन र १६–१६ मिटर सडक फराकिलो बनाउन ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्र बुझाउँदै कटुवालले हेटौंडाको मुख्य सडकबाट राजमार्ग लैजादा हजारौ परिवार सुकुम्वासी हुने र अरबौं रुपैयाँको नोक्सानी हुने भएकाले बाइपासबाट राजमार्ग लैजानुपर्ने लगायतका माग गरे ।

जवाफमा मुख्यमन्त्री पाण्डेले दायाँ–बायाँ १६/१६ मिटर सडक फराकिलो बनाउन प्रधानमन्त्री तयार रहेको बताए । ‘संघका प्रतिनिधिसहित हामीले केही समयअघि प्रधानन्त्रीज्यूलाई भेटेरै सडकको विषयमा छलफल गरेका थियौँ,' पाण्डेले भने, 'उहाँलाई केही समयपछि बुझाउन सक्यौँ र १६–१६ मिटर फराकिलो बनाउनेमा तयार हुनुभयो ।’ पाण्डेले २५–२५ मिटर सडक भत्काउनु पर्छ भन्नेमा प्रधानमन्त्री देउवा रहेको भन्दै बजारभित्रको राजमार्ग अन्यन्त्रबाट लैजाने प्रस्ताव गरेपछि उनी सकारात्मक भएको बताए ।

देउवाले तत्काल भौतिक पूर्वाधार मन्त्रीसँग छलफल गरेर १६–१६ मिटर सडक फराकिलो बनाउन निर्देशन दिए पनि भौतिक पूर्वाधार मन्त्रीसँग भेट हुन नसकेकाले काम रोकिएको पाण्डेको भनाइ थियो ।

‘भौतिकमन्त्रीज्यूलाई २ पटकसम्म भेट्न गएँ तर उहाँलाई भेटिएन । त्यसैले सडक फराकिलो बनाउने कुरा अगाडि बढेको थिएन । अब पहल गर्छौ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ