arrow

पाँच विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिले रोकिन् नागरिकता विधेयक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
vidya-bidheyak-pramanit.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणिकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्याङ्कसम्बन्धी काननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

तर, राष्ट्रपति भण्डारीले सन्देशसहित पुनः सदनमा फिर्ता पठाएको नेपालको नागरिकतासम्बन्धी पहिलो संशोधन विधेयकलाई दुवै सदनबाट पारित गरी पुनः प्रमाणिकरणका लागि पठाए पनि उक्त विधेयक रोकेकी छिन् ।

नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भइ पुनः प्रमाणीकरणका लागि आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ