arrow

बार्सिलोना बायर्नसँग स्तब्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
champions-league-barcelona-bayern.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना स्तब्ध भएको छ । स्पेनिश क्बल बार्सालाई जर्मन क्लब बायर्न म्युनिखले हराएको हो । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले बार्सिलोनालाई २–० ले हराएको हो ।

बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरे । ५० औं मिनेटमा हर्नान्डेजले र ५४ औं मिनेटमा सानेले गोल गरेका थिए । 

बायर्नको यो लगातार दोस्रो जित हो । समूह सी मा बायर्न ६ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाको पहिलो हार हो । बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २–० ले हराएर पहिलो जित निकालेको छ ।

इन्टर ३ अंकसहित तेस्रो स्थानमा रहँदा प्लेजेन अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ