arrow

माटिपको निर्णायक गोलले जित्यो लिभरपुल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
liverpool-ajax-champions-league.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलले समूह चरणमा पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत समूह ए को खेलमा मंगलबार राति डच क्लब आयाक्सलाई २–१ ले हराउँदै लिभरपुलले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र जोएल माटिपले एक एक गोल गरे । १७ औं मिनेटमा सलाहले गोल गरेकामा २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई बराबरीमा ल्याए ।

निरश बराबरीतर्फ अगाडि बढेको अवस्थामा ८९ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई जिताए । 

जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा छ । पहिलो खेलमा लिभरपुल नापोलीसँग ४–१ ले पराजित भएको थियो । शीर्ष स्थानको नापोलीको १ खेलबाट ३ अंक छ । 

आयाक्स २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंकविहीन रेन्जर्स पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ