arrow

बिहानै यश चोपडाको घरको गेट ढोगेर फर्किए अनुपम खेर र अनिल कपुर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
anupum-anil.jpg

काठमाडौं । यशराजको ब्यानरमा बनेको चलचित्र ‘चाँदनी’ ले आज ३३ वर्ष पुरा गरेको छ ।  यो फिल्म आफ्नो समयमा निकै सुपर हिट साबित भयो ।  यस फिल्मको ३३ वर्ष पूरा भएपछि अनुपम खेर र अनिल कपूर यश चोपडाको घर पुगे र आफ्नो पुरानो सम्झनाहरू शेयर गरेका छन् ।

 यशराज ब्यानरमा काम गर्ने बलिउड स्टारको सपना हुन्छ । यशराजको फिल्मले  सानो स्टारलाई ब्लकबस्टर स्टार बनाएका छन्। यस क्रममा अनुपम खेरले यशराजको कारणले आफ्नो जीवन परिवर्तन भएको बताए । 

अर्कोतर्फ अनिल कपुरले पनि यशराजको तारिफ गरे । अनुपम खेरले सेयर गरेको भिडियोमा 'बिहान बिहान मर्निङ वाकको लागि जाँदा अनिल कपूर र म यश चोपडाको घर अगाडि रोकियौँ र हाम्रा पुराना सम्झनाहरू ताजा गरे र आशीर्वाद पनि लियौँ।  हाम्रो (विशेष गरी मेरो) जीवनमा यश जीको ठूलो योगदान छ! तपाईँको मायाको लागि धन्यवाद र संयोगवश आज 'चाँदनी' को ३३ वर्ष भयो' लेखेका छन् ।

अनिल कपूरले अनुपम खेरको भिडियो शेयर गर्दै पहिले उनलाई फिल्मको अफर आएको तर  फिल्म नगरेकोमा पछुताएको बताएका छन् । उनले  श्रीदेवी, ऋषि कपूर, विनोद खन्ना र यश चोपडालाई धेरै मिस गरेको लेखेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ