- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तीन वर्षअघि देखि बन्द रहेको रसुवागढी- केरुङ नाका आजदेखि खुल्दै छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु आएको मौकामा रसवागढि नाका खुल्न लागेको हो ।
चीनले कोभिड-१९ सङ्क्रमण फैलिएको भन्दै २०१९ को डिसेम्बरदेखि रसुवागढी-केरुङ नाका बन्द गरेको थियो । चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आउदैछन्।
चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने जानकारी आएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताए ।
यता नेपाल भ्रमणमा रहेका अध्यक्ष झान्सुले दशैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कोरोनाभाइरस सङ्क्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको थियो ।