arrow

जय नेपाल हल भित्र खोला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
jai-nepal.jpg

काठमाडौं ।  टुकुचा खोला खोज्ने क्रममा काठमाडौं महानगरपालिकाले  जय नेपाल हलको कम्पाउण्डभित्र उत्खनन गरेको छ ।

करिब एक महिनादेखि अवैध संरचना भत्काउन लागेको कामपाको ध्यान आज टुकुचा खोज्नतर्फ गएको हो । खोलामाथि संरचना निर्माण भएको सूचना प्राप्त भएको आधारमा बिहिवार कामपाले उत्खनन कार्य गरेको हो ।

 कामपाले नक्साअनुसार मार्किङका आधारमा डोजर चलाउँदा खोला भेटिएको कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए। 

नारायणहिटी दरबार क्षेत्रबाट करिब १२ मिटर चौडाइमा बगेको उक्त खोला सो क्षेत्रमा आइपुग्दा गायब भएको हुनाले उत्खनन गर्नुपरेको सदस्य लम्सालले बताए । 

विगत लामो समयदेखि नै नागरिकले खोला अतिक्रमण गरेर संरचना निर्माण भएको हुनाले जुनसुकै समयमा समस्या आउनसक्ने भन्दै कामपासँग उत्खननको माग गर्दै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ