arrow

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानबाट ज्ञानु राणासहित आठ जना सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
hariprasad-kalyani-rimal.jpg

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कारबाट ज्ञानु राणा र महेन्द्र मलेंगिया सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले २०७७ सालको नाट्यसंगीत पुरस्कारबाट वरिष्ठ गायिका राणा र २०७८ सालको नाट्य संगीत पुरस्कारबाट मैथिली भाषा साहित्य र नाट्यसर्जक, निर्देशक मलेंगियालाई सम्मान गरेको हो । 

त्यस्तै हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट वरिष्ठ संचारकर्मी नुपुर भट्टाचार्य र धन लामा पुरस्कृत भएका छन् । भट्टाचार्यलाई २०७७ सालको र लामालाई २०७८ सालको सञ्चार सेवा सम्मानबाट पुरस्कृत गरिएको हो । 

त्यसैगरी विशिष्ट नाट्य सम्मान सुनील पोखरेल र प्रभाकर शर्मालाई प्रदान गरिएको छ भने सञ्चार सेवा विशेष सम्मान राजेन्द्र बानियाँ र बिदुर गिरीलाई गरिएको छ । 

रेडियो नेपालका पहिलो गायक स्वर्गीय हरिप्रसाद रिमाल र उनकी पत्नी वरिष्ठ संचारकर्मी कल्याणी रिमालको नामबाट २०६५ सालमा उक्त प्रतिष्ठान स्थापना गरिएको हो । 

कोरोना महामारीका कारण गत वर्ष यो सम्मान कार्यक्रम आयोजना हुन सकेको थिएन । यसपालि दुवै वर्षको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ