arrow

नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
nabil-home-loan-dashain-2079.jpg

काठमाडौँ। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैङ्कले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ। यस योजना अन्तर्गत बैङ्कले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि:शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ।

यस आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रङ्ग रोगनका लागि उपलब्ध गरिएको छ। बैङ्कका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मूल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ।

३५ वर्ष सम्मको कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट बिस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैङ्कले प्रदान गरेको छ। यो योजना सीमित अवधिका लागि ल्याइएको पनि बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ