arrow

२ सय करोडको आरोपी ज्याकलिनसँग आज सोधपुछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
jacqueline-fernande.jpg

काठमाडौं । बलिउड अभिनेत्री  ज्याकलिन फर्नान्डेजलाई आर्थिक अपराध शाखाले आज सोधपुछका लागि बोलाएको छ। २०० करोडको  सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्रीलाई बोलाएको हो ।  

शाखाले १४ सेप्टेम्बरमा ज्याकलिनलाई ८ घण्टा सोधपुछ गरेको थियो। यस क्रममा करिब एक सय प्रश्न सोधिएको थियो । आज ६ अधिकारीको टोलीले अभिनेत्रीलाई प्रश्न सोध्ने छन् ।

सुकेश चन्द्रशेखरसँग सम्बन्धित मुद्दामा उनी फसेकी हुन् । सुकेशसँग उनको सम्बन्ध देखिएसँगै  सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको हो । 

 सुकेशमाथि रानब्याक्सीका पूर्व प्रमोटर शिवेन्द्र सिंह र मालविन्दर सिंहका श्रीमतीहरूलाई जेलबाट छुटाउने बहानामा २०० करोडभन्दा बढी ठगी गरेको आरोप छ।

सुकेशले आफूलाई कहिले प्रधानमन्त्रीको कार्यालय र कहिले गृहमन्त्रालयमा सम्बद्ध अधिकारी भन्ने गर्थे । यस ठगीमा तिहाड जेलका कैयौं अधिकारी पनि संलग्न थिए । सुकेशले सबैलाई ठूलो रकम दिने गर्थे । 

ईडीले अगस्ट २४ मा सुकेशको चेन्नईमा रहेको सी फेसिङ बंगला कब्जा गरेको थियो। बंगलाबाट ८२.५ लाख रुपैयाँ, २ किलो सुन र १२ वटाभन्दा बढी लक्जरी कार बरामद गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ