- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले यसपटक नयाँ मापदण्ड बनाएर संघीय सांसदमा समानुपातिक तर्फ नयाँ र युवा अनुहारहरूलाई सूचीमा पारेको छ । स्थानीय तहको निर्वाचनपछि एमालेले नयाँ पुस्तालाई समेट्ने प्रयास गर्दै समानुपातिकमा सूचीकरण गरेको हो ।
नयाँ मापदण्ड बनाएपछि एमालेका पदाधिकारीहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, विष्णु रिमाल लगायतका कोही पनि परेनन् । शाक्यले आफू कुनै पनि प्रकारको निर्वाचन नलड्ने बताएकी थिइन् । उनले आफू निर्वाचन नलड्ने भएपछि उनले चाहेको व्यक्तिले यसपटक काठमाडौंमा टिकट पाउने संभावना बढेको छ ।
नयाँ पुस्ताका नेताहरुलाई रुचाएपछि एमालेले सिनियर मध्येका एक नेतालाई स्थायी कमिटीबाट पठाएको छ । १० बुँदे सहमतिपछि एमालेमै रहेका रघुजी पन्तलाई समेटेको हो । उनी माधव नेपालको विश्वासपात्र भए पनि एमाले विभाजनपछि माधव नेपालको साथ छाडेर एमालेमै रहेका थिए ।
अन्य पोलिटव्यूरो सदस्यहरुलाई समेटेको छ । त्यसैगरी एमालेका पोलिटव्यूरो सदस्यहरु ईश्वरी रिजाल, गोरखबहादुर बोगटीलगायतका नेताहरुलाई पनि समानुपातिक कोटामा राखेको छ । यस्तै महिलातर्फ पनि पर्याप्त नयाँ अनुहारलाई समेटेको जनाएको छ । यसपटक जनसंगठन तथा पार्टीका विभिन्न निकायमा सामेल भएर मोर्चामा सक्रिय भएकाहरुलाई पार्टीले समानुपातिकमा अघि सारेको एमाले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार महिलाको क्लस्टरमा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई समानुपातिक सूचीमा राखिएको छ । थापा एमाले उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती हुन् । यसैगरी केन्द्रीय सदस्य दिपा शर्मा, अनेरास्ववीयूकी अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बराल, युवा संघ नेपालका उपाध्यक्ष क्रान्ती बुर्लाकोटी, पूर्व केन्द्रीय सदस्य उमा कोइराला, भक्त कुमारी लामालाई पनि समानुपातिक सूचीमा राखेको छ ।
लामा १० बुँदे सहमतिपछि एमालेमै बसेकी थिइन् । यस्तै कर्णाली प्रदेश सदस्य मेनका पछाई, झापा दमककी निरु पुलामी, दैलेखकी सूर्यकुमारी श्रेष्ठ, कालीकोटकी ईन्दिरा सन्जेललाई पनि पार्टीले समानुपातिक सूचीमा राखेको छ । यसैगरी हर्कमाया विक, अञ्जु प्रसाईं बर्देवा आदिलाई पनि एमालेले महिलातर्फको समानुपातिक सूचीमा राखेको छ ।
एमालले अहिले पेश गरेका नामहरु परिवर्तन नहुने जनाएको छ । ‘रामबहादुर थापालाई यसपटक समेटिएको छैन तर श्रीमतीलाई राखिएको छ’, स्रोतले भन्यो ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट समानुपातिक बन्दसूचीमा ९ प्रमुख नेतालाई समेटेको छ । राजेन्द्रकुमार पाण्डेलाई आफ्नो क्षेत्र छाडेर गंगालाल तुलाधर समानुपातिकमा बसेका छन् । त्यस्तै काठमाडौंको २ नम्बर क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षा राखेका प्रमेश हमाललाई पनि समानुपातिकमा समेटिएको छ ।
एस पार्टीले उपाध्यक्ष प्रमेश हमालसहित, डा. गंगालाल तुलाधर, नागेन्द्रकुमार चौधरी, सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठ, दीलकुमारी पन्तलाई समेटेको छ ।