arrow

नेपालबाट निराश भएर फर्किए चिनियाँ तेस्रो वरीयताका नेता लि झान्सु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
prachanda-lee-china.jpg
फाइल तस्बिर

काठमाडौँ। चार दिने नेपाल भ्रमण सकेर फर्किएका चिनियाँ तेस्रो वरीयताका नेता लि झान्सु निराश भएका छन्। सङ्घ र प्रदेश निर्वाचन नजिकिएको समयमा उनले नेपालका कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने रणनीति अनुरूप नेपाल भ्रमण गरेका थिए।

तर, नेपालका कम्युनिस्टहरूले भने तत्काल मिल्‍नसक्ने कुनै सङ्केत गरेनन्। उल्टै चिनियाँ नेताकै अगाडि दुई कम्युनिस्ट पार्टीका नेताहरूले ताण्डव देखाए। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका चिनियाँ सभामुख लिको रात्रीभोज नेकपा एमालेका नेता समेत रहेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बहिष्कार गरे।

उनी उक्त कार्यक्रममा सहभागी भएनन् र परराष्ट्र मन्त्रालयले उनका लागि चिनियाँ नेतालाई भेट्ने छुट्टै समय मिलाउनुपर्ने अवस्था बन्यो। उनले सभामुख सापकोटाले गरेको अन्तरसंसदीय सहयोग सम्बन्धी सम्झौताको पनि विरोध गरेका छन्।

आगामी चुनावपछि नेपालका कम्युनिस्टहरूको बहुमत ल्याउने वातावरण मिलाउने र मङ्सिरपछि कम्युनिस्ट नेतृत्वको सरकार बनाएर बीआरआई अघि बढाउने रणनीति चिनियाँ नेताको रहेको थियो। तर, उनको रणनीति पूरा नभएर उल्टै निराश भएर फर्किनुपर्ने अवस्था सिर्जना भयो।

उनले उल्टै सीमा नाका खुला गर्नुपर्ने दबाब सिर्जना भयो। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्र मन्त्री डा. नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

उक्त सबै भेटवार्ताहरूमा उनले बीआरआईको कुरा उठाए पनि नेपालका नेताहरूले भने सीमा नाका खुला गरिदिनुपर्ने माग गरेका थिए। उक्त दबाबपछि चीनले अनिश्‍चितकालका लागि सीमा नाका खुला गरेको छ। तर, अब फेरि कहिले बन्द हुने भन्ने कुनै टंगो लागेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ