arrow

अग्‍निपथ कार्यक्रममा गोर्खा पनि सहभागी गराइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
agnipath-soldiers-military-army-india.jpg
फाइल तस्बिर

काठमाडौँ। भारतले सुरु गरेको अग्‍निपथ योजनामा नेपाली गोर्खाहरूलाई पनि सहभागी गराइने भएको छ। अग्‍निपथ कार्यक्रममा गोर्खाहरूलाई आगामी निर्वाचनपछि बन्ने शक्तिशाली सरकारले अघि बढाउने गरी भद्र सहमति भएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार भारतीय सेनामा अग्निपथ कार्यक्रम अन्तर्गत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने जनाएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेकोले आगामी दिनमा पनि गोर्खाहरूलाई अवसर दिने बताएका थिए।

यसअघि नेपालमा भएको भारतीय सेना प्रमुख मनोज पाण्डेको भ्रमण र परराष्ट्र सचिव भरतराज पौड्यालको भारत भ्रमणका क्रममा पनि यसलाई मुख्य एजेण्डा बनाइएको थिएन। यसलाई चुनावअघि उठाउँदा नेपालमा असर पर्ने भएकोले आगामी चुनावपछि नै यसलाई अघि बढाउने भएको हो।

हाल यस योजनामा भारतीय सेनाहरूलाई भर्ती गर्ने कार्यक्रम सुरु गरिएको छ। भारतमा युवाहरूलाई सैन्य तालिम प्रदान गर्नका लागि चार वर्षको स्किमसहित अग्‍निवीर बनाउने योजना अघि सारिएको हो।

परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा नेपाल सरकारलाई पत्र पठाएको थियो। भारत र बेलायतले सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार भारतीय सेना र बेलायती सेनामा नेपाली युवाहरूलाई भर्ती गर्दै आइरहेको छ। जसबाट लामो समयदेखि नेपालले लाभ लिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ