नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
638
Shares
काठमाडौँ। नबिल बैङ्कले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ। बैङ्कले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपो २०२२ मा सहभागी हुँदै आफ्ना ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने बैङ्कले जनाएको छ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैङ्कले जानकारी गराएको छ। यस नाडा ईभी एक्सपो अन्तर्गत बैङ्कको स्टल नं जी-१२ मा ग्राहकलाई तत्काल ऋण मूल्याङ्कन गरी कर्जा स्वीकृति पत्र सर्तहरू लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ।