arrow

काठमाडौंभित्र अनुमति नलिई होर्डिङ बोर्ड राख्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको छ । महानगरले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको हो ।

अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त पश्चात पनि निरन्तर होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट बाह्य विज्ञापन गरेपछि सूचना जारी गर्न महानगर बाध्य भएको जनाईएको छ । 

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा महानगरले असोज ५ आजदेखि बाह्य विज्ञापन सम्बन्ध संस्था तथा व्यक्तिलाई आग्रह गरेको छ । नियम उल्लंघन गरेर नगर प्रहरी बल लगाएर हटाउने पनि महानगरले चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ