arrow

चिनियाँ जहाजले डुब्यो नेपाल एयरलाइन्स: पाँच विमान भाडामासमेत नलाग्ने भएपछि बेच्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
chinese-aircraft-nac.jpg

काठमाडौं । चीनबाट किनेका ६ वटा राष्ट्रिय ध्वजाबाहक जहाजले चुर्लुम्मै घाटामा डुबेपछि अब भाडामा लगाउन र भाडामा समेत नलागेमा बेच्ने बन्दोबस्त गर्नतिर नेपाल वायुसेवा निगम लागेको छ ।

सन् २०१२ मा निगमले चीनबाट चार वटा वाई१२ई (Y12E) र दुई वटा एमए६० (MA60) विमान खरिद सम्झौता अघि बढाएको थियो । त्यसपछि भित्रेका यी विमानमध्ये एउटा अहिले दुर्घटनापछि काम नलाग्ने स्थितीमा रहेको छ भने बाँकी पाँच वटा उड्ने भन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको पार्किङमा बसिरहने स्थितिमा छन् ।

मेन्टेनेन्स, पाइलट अभाव, पाटपुर्जा लगायतको समस्याले चिनियाँ जहाजले उल्टै घाटा लागेर टाउको दुखाइ बनेपछि अन्तत अर्थमन्त्रालयको निर्देशनमा निगमले भाडामा लगाउन प्रस्ताव आवेदन नै आह्वान गरेको छ

१४ सेप्टेम्बर ३१ अक्टोबरसम्म आवेदन दिइसक्न भन्दै निगमले सूचना जारी गर्दै भाडामा लैजान चाहनेले आवेदन दिन आह्वान गरेको हो । यो आह्वानबाट भाडामासमेत नलागेपछि इच्छु जोसकुैलाई विमान बेच्न तयारी गर्न अर्थ मन्त्रालयले निगमलाई निर्देशन दिएको बताइएको छ ।

चिनियाँ विमान खरिद गरेपछि २०१४ मा भित्रिएको पहिलो ब्याचदेखि नै टाउको दुखाइको विषय बनेको थियो । अहिले निरन्तर घाटा बढ्दै गएपछि यी विमान किनेभन्दा घाटाको मूल्यमा बेच्नु पर्ने स्थिति खडा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ