arrow

भीमफेदी दुर्घटना : मृतकमध्ये छ जनाको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
dddd.jpg

मकवानपुर । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका-२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी-३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका-३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया-४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् । बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ ।

गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ