arrow

जसपाले राष्ट्रपतिको राजीनामा माग्दै गर्‍यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
JasAPA.png

काठमाडौं । जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । 

संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो । 

नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता  नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो । 

आन्दोलनका कार्यक्रमअनुसार शनिबार ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ । 

साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ