- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउको बानेश्वर ब्यांकेटमा आयोजित कांग्रेसको डा. शेखर कोइराला समूहको भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो भएको अवस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अवस्था नआउने दाबी गरे ।
उनले को कार्यक्रममा समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी पनि दिए । समानुपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए ।
उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे। प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए ।
उनले सभापति शेरबहादुर देउवाले महाधिवेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरित देखिएको तर्क गरे ।