arrow

आरजू प्रतिस्पर्धाबाट बाहिरिएपछि प्रदेश महामन्त्री शाहले भने – कैलाली ५ बाट निर्विकल्प टिकट पाउँछु

logo
सुनील आउजी,  
प्रकाशित २०७९ असोज ८ शनिबार
naranarayan-shah-kailali5.jpg

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ निकै चर्चा रहेको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा . आरजू राणा देउवालाई डडेल्धुराबाट समानुपातिक उम्मेदवार बनाएपछि उनलाई प्रतिनिधि सभामा एकल सिफारिस गरेको कैलाली–५ मा कांग्रेसबाट अब को उम्मेदवार होलान् भन्नेमा चर्चा हुन थालेको छ । 

गत वर्षको निर्वाचनमा यसै क्षेत्रबाट लडेकी आरजू यसपालि जित्ने लक्ष्यसहित मैदानमा उत्रदै थिइन् । तर अचानक उनले छाडेपछि यस क्षेत्रमा कांग्रेसले जित्न सक्ने बलियो सम्भावना कसको होला भन्ने चिन्ता र चासोको विषय  बनेको छ । एक जमात कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेश महामन्त्री तथा कैलाली जिल्लाका निवर्तमान पार्टी सभापति नरनारायण शाह ‘मनु’ भएको दाबी गरिरहेका छन् । 

आरजूले छोडेपछि यो क्षेत्र अब निर्विकल्प नरनारायण मनुले कैलाली निर्वाचन क्षेत्र नबर ५ बाट संघीय प्रतिनिधि सभाको टिकेट पाउनु पर्ने र दिनु प्रर्छ भन्ने कार्यकर्ताहरुको माग छ । शाहले कैलाली–५ बाट संघीय प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने र निर्वाचन पनि आफूले जित्ने दाबी गरेका छन् ।

‘पार्टीले उम्मदेवार चयन गर्दा व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई टिकट दिने भएकाले योग्य रहेको र यस क्षेत्रका मतदाताले आफूलाई न्याय गर्नेमा विश्वस्त छु’ प्रदेश महामन्त्री शाहले भने ।

‘दुई कार्यकाल कैलालीको जिल्ला सभापति पदमा रहँदा जनतासँग रहेर सेवा गर्ने अवसर मिल्यो । कांग्रेस संगठनमार्फत् जनतासँग प्रत्यक्ष भिजेको छु । कार्यकर्ताले बुझेका छन् । आफूले निष्ठा र इमान्दारीताको राजनीति गरेको छु’, उनले भने । 

पार्टीले उम्मदेवार चयन गर्दा व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधार भएकाले प्रदेश महामन्त्री शाहले टिकट पाउने सम्भावना बलियो रहेको कतिपय पार्टीका नेता र कार्यकर्ताको बुझाइ रहेको छ ।

विसं २०५४ सालदेखि नेपाल तरुण दलको राजनीति हुदै पार्टीका विभिन्न सांगठनिक पदहरुमा जिम्मेवारी वहन गर्दै विस २०६७ साल कैलाली जिल्ला पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै दुई पटक (१० वर्ष) जिल्ला सभापतिको जिम्मेवारी बहन गरे । पार्टीको १४ औं महाधिवेशनमा शाह सुदूरपश्चिम प्रदेशको महामन्त्रीमा निर्वाचित भएका थिए ।

शाह कांग्रेसका लागि योगदान दिने परिवारका तेस्रो पुस्ताका नेता
‘म यहाँका जनतासँग भिजिसकेको छु । त्यसैले म चुनाव लड्छु’, महामन्त्री शाहले भने । लामो समयदेखि कांग्रेसमा जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मकै लागि उल्लेख्य योगदान दिँदै आएका युवा नेता शाहले उम्मेदवारी दिने भएका हुन् । 

खासगरी पार्र्टी सङ्गठन र प्रदेश एवं जिल्लामा उनले दिएको योगदानलाई लिएर प्रतिनिधिहरूले नेता शाहलाई संघीय प्रतिनिधि सभाको निर्वाचनका लागि योग्य उम्मेद्धार रहेको बताउँदै आएको नेता शाहले दाबी गरे ।  

शाह कांग्रेसका लागि योगदान दिने परिवारका तेस्रो पुस्ताका नेता हुन् । शाहका हजुरबुबा स्वर्गीय लोकेन्द्रबहादुर शाह सुदूरपश्चिम कांग्रेसका संस्थापक सभापति हुन् । कैलाली र कञ्चनपुर जिल्ला एउटै निर्वाचन क्षेत्र हुँदा विसं २०१५ मा नेता शाह क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । 

उनी २०१५ मा कैलाली र कञ्चनपुरका ९ एउटै क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए । त्यस्तै नेता नरनारायण शाहका बुबा स्वर्र्गीय मोहनबहादुर शाह कैलाली कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समिति कैलालीका सभापति रहेका थिए । 

हजुरबुवा र बुबाको योगदानलाई सम्झिँदै नेता नरनारायण शाह कांग्रेसलाई थप बलियो बनाउने र समाजसेवा गर्ने प्रणका साथ राजनीतिमा होमिएको बताए ।

कारबाहीमा परेका पुष्करनाथ ओझा
अघिल्लोपटक आरजू हराउन भूमिका खेलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पुष्करनाथ ओझाको पनि चर्चा हुन थालेको छ । नेता ओझा शेरबहादुर देउवाले कैलाली ५ बाट संघीय सांसदमा निर्वाचित भएर छ महिनापछि छाडेपछि पुस्कर उपनिर्वाचनमा विजयी भएका थिए ।  

पछिल्लो चुनावमा यो क्षेत्रबाट डा. आरजूले टिकट पाइन् । तर चुनाव हारिन् । नेता ओझाले आरजूलाई हराएको आरोपमा उनलाई पाटीले कारबाही गर्यो । 

अहिले फेरि तिनै पुस्करको चर्चा छ । 

सुनिलकुमार भण्डारी
 यसअघि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार भएका सुनिलकुमार भण्डारीले टिकट पाउने सक्ने आँकलन पनि सामाजिक संजालमा गर्न थालिएको छ । 

नेता भण्डारी कांग्रेसका पुराना नेता हुन् । उनले कैलाली  निर्वाचन ४ बाट प्रतिनिधि सभाको टिकट पाएका थिए । तर उनले जित हासिल गर्न सकेनन् । उनका लागि ४ नम्बर क्षेत्र उपयुक्त हुने कार्यकर्ताहरुको भनाइ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ