arrow

चार डोज लगाएका फाइजरका सीईओलाई दोस्रो पटक कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
pfizer-ceo-albert-bourla.jpg

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप उत्पादक कम्पनी फाइजरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्बर्ट बोर्लाले शनिवार आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्,'म स्वस्थ र लक्षण मुक्त महसुस गर्दैछु।'

यसअघि गत अगस्टमा ६० वर्षीय बोर्लालाई कोभिड-१९ पुष्टि भएको थियो । उनले एन्टीभाइरल औषधि प्याक्जलोभिड खाएर उपचार गरेका थिए । प्याक्जलोभिड एक एन्टिभाइरल औषधि हो जुन उच्च जोखिम भएका व्यक्तिहरू जस्तै वृद्ध बिरामीहरूको उपचार गर्न प्रयोग गरिन्छ।

बोर्लाले फाइजर र यसको जर्मन साझेदार बायोएनटेकद्वारा निर्मित खोपको चार डोज लगाएका छन् । प्रमुख कार्यकारी अधिकृतले अहिलेसम्म नयाँ द्विभ्यालेन्ट बुस्टर नलिएको बताएका छन् ।

मोर्डना, फाइजर र बायोएनटेकको टोलीद्वारा विकसित नयाँ द्धिभ्यालेन्ट बुस्टर डोजले कोरोना भाइरसका नयाँ भेरिएन्ट बीए.५, बीए.४ र आमिक्रोनविरुद्ध प्रभावकारी रूपमा काम गर्ने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ