arrow

अमेरिकी राष्ट्रपति विवादमाः सार्वजनिक कार्यक्रममै भनिदिए – 'उनी १२ वर्षकी थिइन्, म ३० वर्षको थिएँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
JOE-BIDEN-12-30-YEAR.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ वर्षीया केटीसँगको मित्रताको बारेमा आफ्नो भनाइ अशाेभनीय तरिकाले भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि विवादित बनेको छ । बाइडेनले शुक्रबार राष्ट्रिय शिक्षा संघको कार्यक्रममा शिक्षकहरूको सम्मेलनमा बोल्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

आफ्नो भाषणको बीचमा बाइडनले सोही कार्यक्रममा रहेकी दर्शकलाई देखेर चिनेपछि उनीतर्फ औंलाले संकेत गर्दै आफूहरुको सम्बन्ध निकै पहिले रहेको भनेका हुन् । 

सम्मेलनमा बोल्दै बाइडेनले भने,'तिमीले मलाई नमस्ते भन्नुपर्छ। हाम्रो सम्बन्ध निकै पहिलेको हो । उनी १२ वर्षकी थिइन्, म ३० वर्षको थिएँ। तर जे होस्, यी महिलाले मलाई धेरै काम गर्न मद्दत गरिन्।'

किशोरावस्था भन्दा पनि कम उमेरमा रहेकी त्यो महिलाले त्यतिबेला बाइडेनका लागि के गरेकी होलिन् भन्ने विषय भने अज्ञात रहेको छ । बाइडेनको यस्तो अभिव्यक्तिले शिक्षक र युनियन सदस्यहरू हाँसेका थिए भने उनको यस्तो अभिव्यक्ति विवादित बनेको छ ।

सार्वजनिक रूपमा महिलालाई छुने र सुँघ्ने बाइडेनको ऐतिहासिक बानीले उनलाई रिपब्लिकनले क्रिपी जो उपनाम दिएको न्यूयाेर्क पोस्टले उल्लेख गरेको छ । तर २०१९ मा एक महिलाले बाइडेनले शारीरिक रुपमा असहज महसुस हुने गरी छोएको विषयमा माफी मागेयता सार्वजनिक रुपमा उनको यस्ता घटना कमै आएको न्यूयाेर्क पोस्टले उल्लेख गरेको छ।

यसबाहेक धेरै महिलाहरूले बाइडेनको विगतको व्यवहारको बारेमा गुनासो गरेका छन्। पूर्व नेभाडा राज्य सभा महिला लुसी फ्लोरेसले एक निबन्धमा बाइडेनले उनको कपाल सुँघेको र उनको टाउकोको पछाडि चुम्बन गरेको बताएकी थिइन्।

यस्तै डेमोक्र्याटिक सहयोगी एमी लापोसले बाइडेनले एक पटक उनको घाँटीमा हात राखेर नाक रगड्नका लागि तानेको बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ