arrow

धनकुटामा माओवादीकाे विद्रोह, जिल्ला समन्वय समितिले दियो राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
maobadi-kendra.jpg_1617715441.png
तस्बिर – फाइल ।

धनकुटा । माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामूहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनील थापालाई अघि सारेको छ । 

बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य पनि थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ