arrow

हनुमानढोकाको दशैं घरमा विशेष पूजा गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
fulpati-hanumandhoka.JPG

काठमाडौं ।  परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । 

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

 दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । 

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन ।

हनुमानढोकाको दशैं घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ