arrow

दशैंभर न्यूरोडमा सवारी साधन मिति तोकेर प्रवेश निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
newroad_parking.jpg

काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी  सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । 

कार्यालयले आइतवार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ । 

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ