- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले दुई सय करोड भारु ठगी मुद्दामा राहत पाएकी छिन् । पटियाला हाउस कोर्टले अभिनेत्रीलाई अन्तरिम जमानत दिएको छ।
यसअघि उनी अदालत पुगेकी थिइन् । पटियाला हाउस कोर्टले ज्याकलिनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा बोलाएको थियो। दिल्ली प्रहरीले उनलाई सोधपुछ गरिसकेको छ ।
अभिनेत्री सुकेश चन्द्रशेखरसँग सम्बन्धित मुद्दामा फसेकी हुन् । सुकेश चन्द्रशेखरसँग उनको सम्बन्ध देखिएसँगै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो । अभिनेत्रीले २०० करोड ठगी गरेको मुद्दा लागेका सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको अभियोगमा उनी तानिएकी थिइन् ।
सुकेशमाथि रानब्याक्सीका पूर्व प्रमोटर शिवेन्द्र सिंह र मालविन्दर सिंहका श्रीमतीहरूलाई जेलबाट छुटाउने बहानामा २०० करोडभन्दा बढी ठगी गरेको आरोप छ।
सुकेशले आफूलाई कहिले प्रधानमन्त्रीको कार्यालय र कहिले गृहमन्त्रालयमा सम्बद्ध अधिकारी भन्ने गर्थे । यस ठगीमा तिहाड जेलका कैयौं अधिकारी पनि संलग्न थिए । सुकेशले सबैलाई ठूलो रकम दिने गर्थे ।