arrow

उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
khasiboka.jpg

काठमाडौं । दशैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट शुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दशैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरी, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीलगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । 

यो वर्षको दशैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ