arrow

एकै फिल्ममा ऋतिकले लिए सैफको भन्दा ३ गुणा बढी पारिश्रमिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
vikramvedaHrithriksaif.jpg

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको चलचित्र ‘विक्रम वेधा’ यही साता हलमा रिलिज हुँदै छ । ऋतिक रोशन र सैफ अली खान जस्ता स्टारहरूको दमदार अभिनय रहेको चलचित्रमा कलाकारले करोडौं शुल्क लिएका छन् । 

फिल्ममा ऋतिक रोशन एकदमै फरक भूमिकामा देखिँदै छन् । ऋतिक रोशन फिल्मको मुख्य भूमिकामा रहेका छन् । यस फिल्मका लागि ऋतिकले ५० करोड पारिश्रमिक लिएका छन् ।

सैफ अली खानले फिल्ममा ऋतिकलाई टक्कर दिँदै छन् । बलियो चरित्रमा देखिने सैफले हरेक पल आफ्नो अभिनयबाट प्रभावित बनाउन खोजेका छन् । यो फिल्मका लागि उनले १२ करोड पारिश्रमिक लिएको खबर छ । अर्थात् ऋतिक ३८ करोड कम लिएका छन् ।

फिल्ममा राधिका आप्टे मुख्य भूमिकामा छिन् । विक्रम वेधको शुल्कको कुरा गर्दा उनले ३ करोड रुपैयाँ पाएका छन् ।

यस फिल्ममा अभिनेत्री योहिता बिहानी पनि छिन् । उनले ६० लाख रुपैयाँ पाएको बताइएको छ । रोहित सराफले यस फिल्ममा ऋतिक रोशनको भाइको भूमिका निर्वाह गरेका छन् । शुल्कको कुरा गर्दा रोहितले १ करोड रुपैयाँ लिएका छन् ।

शारिब हाश्मी पनि विक्रम वेधामा देखिनेछन्। मिडिया रिपोर्टका अनुसार शारिबले यो फिल्मका लागि ५० लाख भारु पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ