- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोलम्बियाली पप गायिका शकिरामाथि कर छलीको मुद्दा चल्ने भएको छ । स्पेनको एक अदालतले मङ्गलवार शकिरामाथि कर छलीको मुद्दा चलाउन अनुमति दिएको छ । अभियोजकहरूले शकिराले २०१२ देखि २०१४ सम्मको कमाइमा १४.५ मिलियन यूरो कर नतिरेको आरोप लगाएका छन् ।
४५ वर्षीया शकिराले भने ठगीको अस्वीकार गर्दै आएकी छिन् । उनले मुद्दाबाट बच्न अभियोजकहरूसँग सम्झौता गर्न पनि अस्वीकार गरेकी छन्। उनको जनसम्पर्क कम्पनीले पहिले नै कर र ब्याज स्वरूप २.८ मिलियन युरो जम्मा गरिसकेकी दाबी गरेको छ ।
यता अभियोजन पक्षले २०१२-१४ को अवधिमा ग्रामी अवार्ड विजेता शकिराले आधाभन्दा बढी समय स्पेनमा बिताइन्। त्यसैले त्यहाँ कर जम्मा गर्नुपर्नु बताएको छ। शकिरा स्पेनिस फुटबल खेलाडी जेरार्ड पिकेसँग डेट गर्दा बार्सिलोनामा बसेकी थिइन् । उनीहरूका दुई सन्तान छन् । ११ वर्ष सँगै बसेपछि हालै उनीहरूको सम्बन्ध टुटेको छ ।
स्पेनले फुटबल खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलीको मुद्दा चलाएको थियो । दुवैलाई दोषी ठहर गरी जेल सजाय सुनाइयो थियो । तर पहिलो अपराध भन्दै माफी दिइएको थियो।