arrow

खाद्यले थाल्यो खसीबोका र च्याङग्रा बेच्न, तोक्यो मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
khasi-boka-weight.jfif

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो ।

खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताए । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ । 

च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्ने बताइएको छ । खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।

IMG_2081-28-09-22-01-01.JPG
IMG_2082-28-09-22-01-01.JPG
IMG_2083-28-09-22-01-01.JPG
IMG_2084-28-09-22-01-01.JPG
IMG_2085-28-09-22-01-01.JPG
IMG_2086-28-09-22-01-01.JPG
IMG_2087-28-09-22-01-01.JPG
IMG_2088-28-09-22-01-01.JPG
IMG_2089-28-09-22-01-01.JPG
IMG_2090-28-09-22-01-01.JPG
IMG_2091-28-09-22-01-01.JPG
IMG_2092-28-09-22-01-01.JPG
IMG_2093-28-09-22-01-01.JPG
IMG_2094-28-09-22-01-01.JPG
IMG_2095-28-09-22-01-01.JPG
IMG_2096-28-09-22-01-01.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ