arrow

बच्चालाई दशैं आए जस्तो भएको छ : डा. भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
baburam-bhattartai-2079-03-28.jpg

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष  डा. बाबुराम भट्टराईले राजनीतिका नव प्रवेशहरू बच्चालाई दशैं आएको जस्तो गरी चुनाव  र सत्ता नै सबैथोक हो जस्तो गरि उफ्रेको देखेर आफू आजित भएको बताए ।  राजधानीमा आयोजित  एक कार्यक्रममा बोल्दै चुनावलाई दशैं तिहार आएको जस्तो गरेर  प्रचारमा लागेको बताए ।
 
भट्टराईले भने, ‘चुनाव नै सबै थोक हो सत्ता र सरकार नै सबैथोक हो भन्ने हो भने त्यो कहिले पनि वैकल्पिक शक्ति हुन सक्दैन । त्यो भ्रममा पटकै नपर्नुहोला । म बडो आजित भएको छु । कहाँ बुझाँउ जस्तो भएको छ । भर्खरै पार्टी प्रवेश गरेको छ चुनाव पनि आएको छ । पुरै बच्चालाई दशैं आए जस्तो भएको छ । उ उता उफ्रेको छ । अर्को उफ्रोको छ । कोही रोको छ कोही नाच्या छ  । यसरी कहाँ लक्षमा पुगिन्छ त । यो ख्याल ठट्टा हो र ?’

उनले चुनावलाई नै सबथोक मान्नेहरू कुनै पनि हालतमा वैकल्पिक शक्ति हुन नसक्ने दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ