arrow

जो हिमालमै बिलाइन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
hilari-nalson.jpg

काठमाडौं। हिलारी नेल्सन स्की माउन्टेनर हुन् । उनको नेपालसँग पुरानो नाता छ । मनास्लु हिमालको हिम पहिरोमा ज्यान गुमाएकी चर्चित आरोही हिलारी नेल्सनले आफ्ना ठूला ठूला उपलब्धि पनि नेपाली हिमालबाटै प्राप्त गरेकी हुन । 

सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन । २४ घण्टामा यी दुई हिमाल चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटनलाई माथि उठाउन ठूलो टेवा पुर्‍याएको थियो ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुई वटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन् । 

सन् २००५ मा हिलारीले अक्सिजनको सहायताबिनै चोयु हिमालमा स्की गरेकी थिइन् । ८ हजार १८८ मिटर अग्लो चोयु विश्वकै छैंठो अग्लो हिमाल हो । त्यसपछि उनको चर्चा विश्वमा निकै भएको थियो । 

उनी मात्र होइन उनका पार्टनर जिम मोरिसन पनि आरोहणमा सक्रिय छन् । सन् २०१८ मा हिलारी र उनका श्रीमान् जिमले ८ हजार ५१६ मिटर अग्लो लोत्से हिमालको टुप्पोबाट स्की गरेर फेदसम्म पुगेका थिए । लोत्से हिमालको टुप्पोबाट फेदसम्म स्की गरेर पुग्ने नेल्सन र मोरिसन पहिलो जोडी हुन् ।

अमेरिकाको सिएटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जिओग्राफीले साहसी खेलाडीको सूचीमा राखेको नाम हो हिलारी ।
स्की खेलेरै विश्वभरि चर्चा कमाएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारीसन् १९७२ डिसेम्बर १३ जन्मेकी हुन ।  हिलारीका दुई छोरा छन् । 
मनास्लुमा स्की गर्दै आधार शिविरमा फर्कने क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएकी हिलारीका दुबै छोरा पार्टनर जिम मोरिसन पनि मनास्लुको स्की खेलमासँगै थिए ।

मकालु हिमालमा स्की गर्ने उनी पहिलो महिला हुन् । ८ हजार ४८१ मिटर अग्लो मकालु पाचौं अग्लो हिमाल हो । पार्टनर जिमसँग मिलेर उनले भारतको पप्सुरा हिमालमा स्की गरेरै चढ्ने र ओर्लिने रेकर्ड राखेकी थिइन् ।

सन् २०१८ मै नेशनल जिओग्राफिकले उनलाई एडभेन्चरर अफ दि इयर घोषणा गरेपछि उनको चर्चा विश्वभर चुलिएको थियो । मेन्स जर्नलले उनलाई २५ वर्षको अवधिकै सबैभन्दा साहसी महिलाको दर्जा प्रदान गरेको थियो । 

मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी हिलारी नेल्सनको शव बुधवार बिहान फेला परेको थियो । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भीमथाङ क्षेत्रबाट हराएकी थिइन् । उनको शव शेर्पाहरूको टोलीले फेला परेको थियो । उनको शव बुधवार काठमाडौं ल्याइयो । 

छोराहरुसँगै मनास्लु हिमालमा इतिहास रच्न आएकी नेल्सनलाई हिमालले नै कहिल्यै नदेख्ने गरी लुकायो । हिमालमा खेलेर विश्वमा उदाएकी हिलारी  अन्ततः हिमालमै अस्ताउन पुगिन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ