arrow

अभिनेताको ५ करोड खाए व्यापारीले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
ravi-kishan.jpg

काठमाडौं । भारतीय राजनीतिज्ञ तथा अभिनेता रवि किशनलाई एक व्यपारीले ठगेका छन् । मुम्बईका व्यापारी जैन जितेन्द्र रमेशले अभिनेताको ५ करोड २० लाख रुपैयाँ हडपेका छन् । 

यस्तो अवस्थामा रविले व्यापारीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनीमाथि रविकिशनको पैसा फिर्ता नगरेको र चेक बाउन्स गरेको आरोप छ । 

व्यापारीमाथि दश वर्षअघि रविकिशनसँग ऋण लिएको आरोप छ । जुन उनी लामो समयसम्म फर्‍काएनन् । व्यापारीलाई पैसा फिर्ता गर्न दबाब दिएपछि उनले २०२१ डिसेम्बर ७ मा रविलाई ३४ लाखको १२ चेक दिए ।

 तर २०२२ फेब्रुअरी ६ मा बैंकका अधिकारीहरूले पत्र लेखेर चेक दिएको बैंक खातामा रकम नपाएको जानकारी गराए । यस विषयमा रविले रमेशसँग पनि कुरा गरे तर उनको तर्फबाट कुनै सही जवाफ आएन ।

लामो समयसम्म कुनै प्रतिक्रिया नआएपछि अभिनेताले सेप्टेम्बर २७ मा व्यापारीविरुद्ध मुद्दा दायर गरे । चेक बाउन्स भएदेखि रविले व्यापारीसँग बारम्बार पैसा मागेका थिए तर रमेशले पैसा दिएका छैनन् ।

 यी घटनाहरूले रविलाई मानसिक र आर्थिक रूपमा विचलित बनाएको भन्दै अभिनेताले उजुरी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ